PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कांग्रेस क्रियाशील वितरणमा धाँधलीको आरोप, धनुषाका नेता कार्यकर्ता सानेपामा आमरण अनसन बस्दै



कांग्रेस क्रियाशील वितरणमा धाँधलीको आरोप, धनुषाका नेता कार्यकर्ता सानेपामा आमरण अनसन बस्दै

काठमाडौं : महाधिवेशन नजिकिए पनि नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको छैन। क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले विवाद टुंगोमा लागिसकेको बताए पनि नेता तथा कार्यकर्ताले अनसन बस्न छाडेका छैनन्।

यही विवाद शुक्रवार कुटाकुटमासमेत परिणत भएको थियो। शुक्रवार पशुपतिस्थित धर्मशालामा पुगेर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले केन्द्रीय सदस्य एवं छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात नै गरे। बस्नेतलाई ३ दिनभित्र कारवाहीको दायरामा ल्याउन पार्टी सभापति शेरबहादुर देउवालले अनुशासन समितिलाई निर्देशन दिइसकेको छ।

यता धनुषाका नेताहरुले आफ्नो माग सुनुवाई नभएको भन्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजबाट आमरण अनशन थाल्ने भएका छन्। पूर्व सांसद डा चन्द्रमोहन यादवको नेतृत्वमा आमरण अनसन शुरु हुन लागेको हो।

नयाँ क्रियाशील सदस्यतामा पार्टीको बिधान, नियमावली एवं केन्द्रीय परिपत्र बिपरित प्रकृया मिचेर जिल्लामा सदस्यता वितरणमा व्यापक धाँधली भएको पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विधान विपरित कार्यविरुद्ध नेताहरु एवं कार्यकर्ताहरु लगातार धर्नामा बसी पार्टी श्रोतको गम्भीर ध्यानाकर्षण गराउँदा पनि यथोचित सम्बोधन र चासो नदिएको उनीहरुको आरोप छ। 'जिल्लाको प्रारम्भिक छानबिन समितिले सर्वसम्त निर्णय गरी समेत प्रतिवेदन पेस गरिसकेकोले सो उपर सुनवाई नभएको हुँदा हामी बाध्य भई यो धर्ना कार्यक्रम लाई अझ शसक्त रुपमा प्रस्तुत गर्दै आमरण अनशनमा मिति २०७८ साउन ३ गते बिहान ११.३० बजे देखि बस्ने निर्णय गरेको व्याहोरा आदरणीय सभापतिज्यू समक्ष सादर अनुरोध गर्दछौं,' यादवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell