पाकिस्तानमा अफगानिस्तानका राजदूतको छोरीलाई अपहरण गरि कुटपिट गरिएको छ। पाकिस्तानका लाथि अफगानी राजदूत नजिबुल्लाह अलिखेलकी छोरी सिलसिला अलिखेललाई अपहरण गरि कुटपिट गरिएको हो।
सिलसिलालाई केही समय नियन्त्रणमा लिएर आक्रमणकारीहरु फरार भएका थिए। नियन्त्रणमा रहँदा आक्रमणकारीहरुले सिलसिलामाथि हातपात गरेका थिए।
इस्लामावादमा राजदूतकै छोरीमाथि आक्रमण भएपछि प्रधानमन्त्री इमरान खानले घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न निर्देशन दिएका छन्। खानले ४८ घण्टाभित्र अनुसन्धानको रिपोर्ट पेश गर्न समेत भनेका छन्।
राजदूत नजिबुल्लाहले ट्वीटमा आफ्नी छोरीको तस्विर सेयर गर्दै घटनाबारे जानकारी समेत दिएका छन्।
په ډیری بښنی سره:
— Najibullah Alikhil (@NajibAlikhil) July 17, 2021
مجبور شوم چی د خپل لورکی سلسله علی خیل عکس دلته خپور کړم، چون په ټولنیزو شبکو کی د کوم بل چا عکس په غلطه نشر شوی، په داسی حال کی چی زه یی اصلأ نه پیژنم. مننه pic.twitter.com/Jjx2vQciKp
अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद कर्जाइले पनि घटनाको निन्दा गर्दै दोषीलाई सजाय दिलाउन माग गरेका छन्। अफगानिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ती जारी गर्दै घटनाको आलोचना गरेको छ। अफगानिस्तानले पाकिस्तानमा रहेका राजदूत, उनको परिवार, दूतावास र कर्मचारीहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानले पाकिस्तान सरकारलाई घटनामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न र राजदूतावास र राजदूतको सुरक्षा प्रवन्ध मिलाउन आग्रह समेत गरेको छ।