PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने



माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

आज बस्ने प्रतिनिधसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका छन्। प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। त्यसछि असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

माओवादी केन्द्रका सांसद मातृका यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउँदै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell