PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अभिभावक नभएका दुई बालिकाको वीरगंज महानगरले बनाइदियो जन्मदर्ता



अभिभावक नभएका दुई बालिकाको वीरगंज महानगरले बनाइदियो जन्मदर्ता

वीरगंज : वीरगंज महानगरपालिकाले दुई जना अभिभावक नभएका र स्थायी ठेगाना बताउन नसक्ने बालिकाहरुको जन्मदर्ता बनाइ दिएको छ। अभिभावक नभएका बालबालिकाको हकमा राज्यले नै अभिभावकत्व ग्रहण गरी बालअधिकारको सुनिश्चिता गर्नु पर्ने व्यवस्था रहेकाले महानगरको विभिन्न निकायको समन्वयमा जन्मदर्ता बनाइएको हो।

८ वर्षीया आरती कुमारी र ७ वर्षीया सरस्वती कुमारीको वीरगंज महानगर वडा नम्बर ९ बाट वडा अध्यक्ष मनोज कलवार तथा पञ्जिका अधिकारी राजिव गिरीको सक्रियतामा जन्मदर्ता बनेको हो। करिब ८ महिनादेखि वीरगंजको घण्टाघरस्थित विपि पार्कबाट उद्धार गरी आवर संसार परवानीपुरको शरणमा रहेका ती बालिकाहरुको अभिभावक नभएको र स्थायी ठेगाना पनि बताउन नसक्ने भएकोले उनीहरुको सूचकमा वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्की बसेर जन्मदर्ता बनाइएको आवर संसारका अध्यक्ष मुकेश साहले बताए।

ती बालिकाहरुको अभिभावक सानैमा मृत्यु भएपछि उनीहरु विपि पार्कको सेडमा बस्दै आएका थिए भने दैनिक मागेर गुजारा गर्दै आएका थिए। तर, उद्धार भएको ६ महिना बिति सक्दा पनि अभिभावक र घरपरिवारबारे धेरै खोज तलास गर्दा पनि कुनै सफलता नपाएकोले महानगरका बालमैत्री कार्यक्रमका फोकल पर्सन मुकेश गुप्ताको पहलमा जन्मदर्ता बनाउन प्रकृया अघि बढेको थियो।

महानगर र आवर संसारको संयुक्त पहलमा हाल बाल हेल्पलाइन पनि सञ्चालनमा छ। जन्मदर्ता बनेपछि शिक्षा, दिक्षा तथा नागरिकता बनाउन भविष्यमा सहयोग पुग्ने छ। अहिले ती बालिकाहरु आवर संसारकै शरणमा बसेर शिक्षा हासिल गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell