PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै देउवाले मागे विश्वासको मत



राम्रा कामका लागि ओलीलाई धन्यवाद दिँदै देउवाले मागे विश्वासको मत

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन सबै सांसदहरुसँग आग्रह गरेका छन्। आज प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले आफूलाई मत दिन आग्रह गरेका छन्।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा कामलाई निरन्तरता दिने उद्घोष गर्दै ओलीको प्रशंसासमेत गरे।

‘असल कामका लागि ओलीलाई धन्यवाद। विगतमा भएका राम्रा कामलाई निरन्तरता दिनु छ’, प्रधानमन्त्री देउवाले थपे, ‘हामी राजनीतिक दल एक अर्काको शत्रु होइनौ। संविधानको धारा ७६ को ६ बमोजिम मैले विश्वासको मत मागेको छु। सबै माननीयले विश्वासको मत दिनुहुन्छ भन्ने विश्वास गरेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell