PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

देउवाले भने, ‘ओलीले बहुमत पुग्दैन भनेपछि हामी दावी गर्न गएका हौँ’



देउवाले भने, ‘ओलीले बहुमत पुग्दैन भनेपछि हामी दावी गर्न गएका हौँ’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा सम्बोधन गर्दै राष्ट्रपति स्वयंले ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकाले आफूहरु गएको बताएका छन्। प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीले बहुमत पुग्दैन भनेपछि आफूहरु दावी गर्न गएको बताए।

उनले भने, ‘२/३ घण्टाअघि बहुमत पुग्दैन भनेर ओलीले भनेपछि हामी गएको हो। फेरि आफैले २ बजे राति संसद् विघटन गरेको। के गरेको त्यो। राष्ट्रपतिज्यू सुत्न पाउनु भएन होला। भोलिपल्ट गरे हुन्थ्यो। पर्सिपल्ट गरे हुन्थ्यो।’

अविश्वासको प्रस्ताव राखेपछि मनमोहन अधिकारीले संसद भंग गरेको संमरण गर्दै देउवाले अहिले पनि यस्तै भएको बताए।

‘अविश्वासको प्रस्ताव राखेपछि मनमोहनले संसद भंग गरे। यसरी छल्न पाउँदैन नि। अहिले पनि यस्तै भएको हो। यस्तो गर्ने मान्छे त होइन उहाँ (ओली)। कसैले फसाएको हो कि?,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell