PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

रेमश चौधरीलाई हामीले बचाएर मात्र हुँदैन, अदालतको प्रकृयामा पुगिसकेको छ : देउवा



रेमश चौधरीलाई हामीले बचाएर मात्र हुँदैन, अदालतको प्रकृयामा पुगिसकेको छ : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो सम्बोधनका क्रममा लिम्पियाधुरामा सबैले समर्थन गरेको बताएका छन्। प्रधानमन्त्री देउवाले सबैको सहमतिपछि नयाँ नक्सा पास भएको बताएका हुन्।

उनले भने, ‘लिम्पियाधुरामा सबैले समर्थन गरेको हो नि, सबैको सहमतिपछि पास भएको हो। राष्ट्रका लागि सबै एक हुन्छ। यस्तो विरलै देशमा होला।’

उनले रेशम चौधरीविरुद्धको मुद्दा आफ्नो वसमा नरहेको बताए। उनीविरुद्धको मुद्दा अदालती प्रकृयामा रहेको बताउँदै उनले आफूले चाहेरमात्र त्यसलाई सहजै सुल्ट्याउन नसक्ने समेत बताए।

‘रेशम चौधरी मैले पनि चिन्या मान्छे हो। मलाई दाइ दाइ भन्नुहुन्थ्यो, उहाँको अदालतमा मुद्दा छ। त्यसमा अब सल्लाह गरौँला,’ उनले भने।

सबैतिर जातिवादी कुरा उठेको भन्दै देउवाले समावेशी गर्नका लागि नै संविधान आएको बताए।

उनले भने, ‘पहाडमा पनि बाहुन बाहुन भन्या छन्, तराईमा पनि बाहुन बाहुन भन्या छन्, समावेशी गर्नका लागि नै संविधान हो।’

*असावधानीवस फरक अर्थ दिने शीर्षक पर्न गएकाले परिवर्तन गरिएको छ- सम्पादक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell