काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी ठुलो दुर्घटनामा परेको बताएका छन्। आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि भुसालले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
एमालेको विवाद समाधानका लागि लागीपरेका नेता भुसालले संसद जोगिएको उल्लेख गर्दै अब पार्टी जोगाउनेतिर लाग्ने अठोटसमेत व्यक्त गरेका छन्। 'संसद जोगाउनु पर्थ्यो, जोगिएको छ। अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ। हामी ठूलो दुर्घटनामा परेका छौं,' फेसबुकमा उनले भनेका छन्, 'यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं। हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं।'
कांग्रेस सभापति देउवा नेतृत्वको सरकारलाई माधव नेपाल समूहका मात्र नभएर एमाले अध्यक्ष केपी शर्मा ओली गुटकै सांसदहरुले मत दिएका थिए।