PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

माधव नेपाललाई बिहानै जिल्ला नेताको फोन, पोखे असन्तुष्टि *



माधव नेपाललाई बिहानै जिल्ला नेताको फोन, पोखे असन्तुष्टि *

काठमाडौं : नेकपा एमालेको विवाद प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिएसँगै छताछुल्ल भएको छ। आइतवार कांग्रेस सभापति देउवाले गठबन्धनको सहयोगमा विश्वासको मत लिँदा २२ जना एमाले सांसदले पक्षमा मत दिएका थिए।

पार्टीभित्र पेलानमा परेपछि आफ्नो अस्तित्वको खोजीमा हिँडेका माधव नेपाल अहिले ओली पक्षीय एमालेको तारो बनेका छन्। नेपालका कारण पार्टीको हुँदाखाँदाको सरकार कांग्रेसको पोल्टामा परेको उनीहरुको ठम्याइ छ।

यही मेसोमा नेपाल समूहकै कार्यकर्ताले नेपाललाई फोनमार्फत गद्दारको संज्ञा दिएका छन्। भीम रावल निकट सुदूर पश्चिमका नेताले नेपालमाथि फोनमार्फत् आक्रोश पोखेका हुन्। पार्टी सिध्याउने गरी नेता नेपाललाई सहयोग हुन नसक्ने असन्तुष्ट नेताले प्रस्ट्याएका छन्।

*(असान्दर्भिक सन्दर्भ परेकाले शीर्षक परिवर्तन गरिएको छ। - सम्पादक)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell