PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अर्को वर्ष पनि नेताहरुको कुरा सुनेर जनता हेरेको हेर्‍यै हुने त होइन : प्रमोद खरेल



अर्को वर्ष पनि नेताहरुको कुरा सुनेर जनता हेरेको हेर्‍यै हुने त होइन : प्रमोद खरेल

काठमाडौं : असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो। राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ मा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दै सपथ गराइन्। आइतबार भने अकास्‍मात देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने घोषणा गरे।  राति भएको मतदानमा देउवाले १६५ मत पाउँदै विश्वासको मत हासिल गर्न सफल भए।

देउवाले विश्वासको मत पाएसँगै धेरैले सामाजिक संजालमा आ-आफ्नो प्रतिक्रिया राखिरहेका छन्। यसैक्रममा गायक प्रमोद खरेलले विश्वासको मत दिने नेताहरूलाई एक वर्षपछि पछुताउने दिन नआओस् भने, व्यङ्ग्यात्मक शैलीमा।

खरेलले यसपटक देउवालाई साथ दिएका पुष्पकमल दाहाल प्रचण्डले अर्को वर्ष कुरा नफेरोस् भन्दै लेखेका छन्, 'एक बर्षपछि यस्तो चै नहोस, प्रचण्डले  हामीले जुन हिसाबले प्रधानमन्त्री बनायौ,एकलौटी बहुमत सरकार जस्तोगरि धोका र बैमानी भो' भनेर नभनुन्।

यस्तै, खरेलले अर्को वर्ष केपी ओलीले झै देउवाले पनि काम गर्न दिइएन भन्दै नहिँडोस् भन्दै सचेत गराएका छन्। खरेलले नेताहरुको खिचातानीमा जनता फेरि हेरेको हेर्‍यै त हुने होइन भन्दै प्रश्न समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell