PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोदीविरुद्ध ट्वीट गर्दा टेलिभिजनबाट निकालिए भारतीय पत्रकार



मोदीविरुद्ध ट्वीट गर्दा टेलिभिजनबाट निकालिए भारतीय पत्रकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध ट्वीट गर्ने एक भारतीय पत्रकारलाई जागिरबाट निकालिएको छ। इन्डिया टुडे ग्रुप अन्तर्गत संचालित आजतक टेलिभिजनमा कार्यरत पत्रकार श्याम मिरा सिंहलाई कम्‍पनीको 'सोसल मिडिया नीति' उल्लंघन गरेको भन्दै निकालिएको हो।

जागिरबाट 'टर्मिनेट' गरिएका सिंहले ट्वीट गर्दै आफूलाई कम्‍पनीको मानव संशाधन विभागबाट इमेलमा दुईवटा ट्वीटको 'रिफ्रेन्स' दिँदै निकालिएको पत्र पठाएको उल्लेख गरेका छन्।

कम्पनीले आफ्ना कर्मचारीहरुलाई सोसल मिडिया गाइडलाइन्स अन्तर्गत चल्न र कसैको विरोधमा नलेख्न भनि गरेको पत्रकारको यसअघि पनि विरोध भएको थियो।

सिंहलाई निकालिएको खबर बाहिरिएपछि धेरैले इन्डिया टुडे ग्रुपको आलोचना गरेका छन्। 'मोदीको पक्षमा लेखेको भए जागिरबाट निकालिँदैन थियो' भन्दै केहीले सिंहको साथ दिएका छन्।

केहीले भने कम्‍पनीको नीति उल्लंघन गर्नु गलत रहेको भन्दै उनलाई निकाल्नु गलत नभएको प्रतिक्रिया दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell