PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लकडाउनमा मजदुरले भोगेको पीडाको कथा 'सानो पाइला'



लकडाउनमा मजदुरले भोगेको पीडाको कथा 'सानो पाइला'

काठमाडौं : शिशिर (भुवन सिंह राई) को जिजीविषा  दैनिक ज्याला मजदुरीबाट आउने रकममा निर्भर छ। आफ्नो घरभन्दा निकै टाढाको ठाउँलाई कर्मथलो बनाएका छन् उनले। तर, ज्याला समयमा नपाउन घरमा पैसा पठाउन सकेका छैनन्। गर्भवती श्रीमती उनको बाटो कुरेर बसिरहेका छन्। तर उनी जान पाएका छैनन्। त्यसमाथि लकडाउन हुने चिन्ता। लकडाउनको समयमा एक मजदुरले भोग्नुपर्ने पीडा र घर पुग्न गरेको संघर्षको कथा हो 'सानो पाइला'।

रङ्गकर्मी ईँगी होपो कोइँच सुनुवारको निर्देशनमा बनेको लघु चलचित्र 'सानो पाईला' आइतबार युट्युबमा प्रमियर भएको थियो। दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको एक मजदुरको कथा सात मिनेटको भिडियोमा प्रस्तुत गरिएको छ।

किरण राईको कथा रहेको 'सानो पाइला' मा भुवन सिंह राई, सागर खत्री कामी, विकाश पन्त र कुसुम दाहालको भूमिका रहेको छ।

गोग्राहा फिल्मसँगको सहकार्यमा सृजनाघर, होम अफ क्रियटिभिटीले आयोजना गरेको ‘लेट्स वर्कसप, ह्याण्ड्स अन इन्टेन्सिभ फिल्म मेकिङ वर्कसप’ कार्यशालामा सहभागी हुने मौका सुनुवारले पाएका थिए। यसैक्रममा वर्क प्रोजेक्ट अनुरुप यो शर्ट मुभी निर्माण गरिएको निर्देशक सुनुवारले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell