PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

बुवाको संरक्षणबाट मुक्त नभएसम्म ब्रिट्नीले लिइन् स्टेजमा नजाने निर्णय



बुवाको संरक्षणबाट मुक्त नभएसम्म ब्रिट्नीले लिइन् स्टेजमा नजाने निर्णय
File Photo: AP

विगत एक महिनादेखि बुवाको संरक्षणबाट मुक्त हुने स्वतन्त्रताको अदालती लडाइँमा गायिका ब्रिट्नी स्पियर्स संघर्ष गरिरहेकी छिन्।

केही दिनअघि बुवालाई संरक्षणबाट हटाउन माग गर्दै ब्रिट्नी स्पियर्सले गरेको आग्रहलाई अदालतले खारेज गरेको थियो। साथै अदालतले जेमी स्पियर्स नै उनको संरक्षक रहने फैसला सुनाएको थियो।

सुनुवाईबीच अमेरिकाको लस एन्जल्स उच्च अदालतमा ब्रिट्नीले जजसँग भनेकी थिइन्, ‘मेरो मागलाई अस्वीकार गरेर हजुरले मेरो बुवालाई मेरो जिन्दगी बर्बाद गर्ने अनुमति दिनु भएको छ।’

उनको यो बयानसँगै अदालतले ब्रिट्नीलाई वकिल छान्ने अनुमति भने दिएको थियो।

यसैबीच, ब्रिट्नीले बुवाको संरक्षणबाट मुक्त नभएसम्म आफू स्टेज कार्यक्रममा नजाने निर्णय गरेकी छिन्। उनले इन्स्टाग्राममा एक लामो स्टाट्स लेख्दै यो कन्जरभेटरसिपले मेरा सबै सपना मारेको भनि उल्लेख गरेकी छिन्।

सन् २०१८ देखि सार्वजनिक कार्यक्रममा नदेखिएकी ब्रिट्नीले लेखेकी छिन्, ‘ मैले के लाउने, के भन्ने, के सुन्ने आदि कुराको नियन्त्रण बुवाले गरुन्जेल म स्टेजमा देखिन्न्। बरु टन्न मेकअप गरेर स्टेजमा भएको महसुस गरेर बस्छु।’

गायिका ब्रिट्नी स्पियर्स करिब १३ वर्षदेखि बुवा जेमी पी स्पियर्सको संरक्षणमा बस्दै आएकी छिन्। अदालतमा बयान दिने क्रममा उनले आफूलाई विवाह गरेर बच्चा जन्माउने चाहना भएको भए पनि संरक्षकले नदिएको बताएकी थिइन्। साथै आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप लगाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell