PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हेटौँडामा ओली निकट विद्यार्थीले जलाए माधव नेपाल र विरोध खतिवडाको पुतला



हेटौँडामा ओली निकट विद्यार्थीले जलाए माधव नेपाल र विरोध खतिवडाको पुतला

हेटौँडा : पार्टीको निर्देशन विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेकपा (एमाले) केपी शर्मा ओली निकट युवा विद्यार्थीहरुले हेटौँडामा सांसद विरोध खतिवडा र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पुतला जलाएका छन्।

सोमवार साँझ हेटौँडाको बुद्धचोकमा एमाले निकट युवा विद्यार्थीहरुले पार्टीको निर्देशन अवज्ञा गर्दे प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकोमा नाराबजी गर्दे उनीहरुको पुतला जलाएका हुन्।

उनीहरुले ‘नेकपा (एमाले) जिन्दावाद’, ‘केपी ओली जिन्दावाद’, ‘माधव नेपाल मुर्दावाद’, ‘विरोध खतिवडा मुर्दावाद’ लगायतका नारा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell