PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

प्रधानमन्त्री निवासको कौशीमा तुलसी रोप्दै देउवापत्नी आरजुले दिइन् शुभकामना



प्रधानमन्त्री निवासको कौशीमा तुलसी रोप्दै देउवापत्नी आरजुले दिइन् शुभकामना

काठमाडौं : आज हरिशयनी एकादशी। यही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसीको पूजा गरेकी छिन्।

तुलसी रोपेर उनले सबैलाई हरिशयनी एकादशीको शुभकामनासमेत दिएकी छिन्। 'जय तुलसी माता!

आज हरिशयनी एकादशीको पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिईयो । हरिशयनी एकादशीको मंगलमय शुभकामना,' सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्।

 

आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु भएको हो।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell