A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab0f1249649e8.34005508): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab0f1249649e8.34005508,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

माधव नेपालसँग भेटेपछि बालुवाटार पुगे प्रचण्ड
PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

माधव नेपालसँग भेटेपछि बालुवाटार पुगे प्रचण्ड



माधव नेपालसँग भेटेपछि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि प्रचण्ड बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मंगलवार बिहान नेपालसँग भेटेका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्। प्रचण्डले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल शुरु गरेको बताइएको छ। असार २९ गते पाँच राजनीतिक दलको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

सोही दिन देउवाले काँग्रेसबाट २ जना र माओवादीबाट २ जना मन्त्रीलाई नियुक्त गरेका थिए। विश्वासको मत प्राप्त भएसँगै देउवाले गठबन्धनका शीर्ष नेतासँग छलफल गरी मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell