PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

इदको पूर्वसन्धामा बगदादमा बम आक्रमण, ३५ जनाको मृत्यु



इदको पूर्वसन्धामा बगदादमा बम आक्रमण, ३५ जनाको मृत्यु
Photo : Reuters

इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ।  इदको लागि सामान खरिद गर्न मानिसको भिड रहेको बजारलाई लक्षित गर्दै बम आक्रमण गरिएको अलजजिराले उल्लेख गरेको छ। सदर शहरको वाहालिट बजारमा गराइएको विस्फोटमा महिला र बालबालिका समेत मारिएका छन्।

इस्लामिक स्टेटले आफ्नो लडाकूहरुले आत्मघाती बम विस्फोट गरेको स्वीकारेको छ।  

प्रहरीले बम आक्रमणमा ६० जनाभन्दा बढी घाइते भएको जनाएको छ। केही घाइतेहरुको अवस्था गम्भीर रहेकोले मृतकको संख्या वृद्धि हुन सक्ने बताइएको छ।

इराकी राष्ट्रपति बराहम सलिहले घटनाको निन्‍दा गर्दै इस्लामिक अतिवादीहरुले मानिसलाई एकछिन पनि खुशी देख्न नचाहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री मुस्तफा अल खादिमीले आक्रमणको अनुसन्धान गर्न निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell