PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

आदित्य नारायणले अर्को वर्षदेखि रियालिटी शो होस्ट नगर्ने



आदित्य नारायणले अर्को वर्षदेखि रियालिटी शो होस्ट नगर्ने

आदित्य नारायण झाले रियालिटी शो होस्ट नगर्ने भएका छन्। भारतीय रियालिटी शोमा  उद्घोषकको रूपमा ख्याति बनाएका झाले फेरि स्टेजमा होस्टका रुपमा आफू नदेखिने बताएका हुन्। उनले यो घोषणा छिट्टै गर्ने द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

हाल उनी गायन रियालिटी शो 'इन्डियन आइडल'को १२ ‌औँ सिजन होस्ट गर्दैछन्। हालसम्म १२ वटा शो होस्ट गरेका आदित्यले सन् २०२२ पछि सधैँका लागि उद्घोषकको काम छोड्ने निर्णय गरेका हुन्। उनले १५ वर्ष गायनसँगै शो होस्ट गर्दै आएका थिए।

'सन् २०२२ भारतीय टेलिभिजनमा होस्टको रूपमा मेरो अन्तिम वर्ष हुनेछ। म त्यस पछि होस्ट गर्दिन। होस्ट छोडेर अब केही ठुलो काम गर्ने समय आइसकेको छ' उनले भनेका छन्।

टेलिभिजन शो होस्ट गरेपछि धेरै उपलब्धी हासिल गरेको बताउने आदित्य अब फरक भूमिकामा देखिने प्रायसमा छन्। उनले आफू कुनै कार्यक्रमा निर्णायकको रुपमा वा कुनै 'गेम शो' मा देखिन सक्ने समेत बताएका छन्।

केही महिनाअघि मात्रै विवाह गरेका आदित्यले अब आफूमाथि नयाँ जिम्मेवारी थपिएको भन्दै त्यसलाई पूरा गर्न पनि यो निर्णय गर्नुपरेको बताएका छन्।

गायक उदित नारायणका छोरा आदित्यले आफूलाई होस्टका रुपमा अफर नगर्न कार्यक्रमको निर्माण पक्षसँग आग्रह समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell