PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अफगानिस्तानको राष्ट्रपति भवनमा प्रार्थना चल्दै गर्दा रकेट आक्रमण



अफगानिस्तानको राष्ट्रपति भवनमा प्रार्थना चल्दै गर्दा रकेट आक्रमण

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति निवासलाई लक्षित गर्दै रकेट आक्रमण गरिएको छ।

इदको अवसरमा राष्ट्रपति भवन परिसरमा प्रार्थना हुँदैगर्दा रकेट आक्रमण भएको हो। प्रार्थना चल्दै गर्दा राष्ट्रपति असरफ घानी समेत त्यही प्रार्थनास्थलमा नै थिए। रकेट आक्रमणको आवाजबिच उपस्थित व्यक्तिहरुले प्रार्थनालाई निरन्तरता दिएका थिए।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। आक्रमणबाट भएको क्षतिका बारेमा पनि केही सार्वजनिक गरिएको छैन।

मंगलबार तीनवटा रकेट काबुलमा प्रहार गरिएको अधिकारीहरुले बताएका छन्। रकेट आक्रमणको बारे हाल अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell