PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दाङमा लागुऔषध नियन्त्रण प्रहरीका लागि चुनौती : गएको वर्ष ३९ किलो लागुऔषधसहित ७६ जना पक्राउ



दाङमा लागुऔषध नियन्त्रण प्रहरीका लागि चुनौती : गएको वर्ष ३९ किलो लागुऔषधसहित ७६ जना पक्राउ
फाइल फोटो।

बुटवल : दाङमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले अभियानमा कडाई गरेपनि त्यसको नियन्त्रणमा चुनौती देखिएको छ। बितेको एक वर्षमा विभिन्न प्रकारका ३९ किलो लागुऔषधसहित ७६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

यसरी वर्षेनी प्रहरीले लागुऔषध बरामद र व्यक्ति पक्राउ गर्दै आएको छ। तर, नियन्त्रणमा भने चुनौती झन झन थपिँदै गएको हो। भरिया र सेवनकर्तालाई मात्रै प्रहरीले पक्राउ गर्दा यसको मुख्य कारोबारीसम्म भने पुग्न सकेको छैन।

पक्राउ पर्नेहरुले पनि आफूहरुलाई पैसामा लोभ देखाएर भरिया मात्रै बनेको बताउने गरेको प्रहरीमा बयान दिने गरेका छन्। बितेको आर्थिक वर्षमा १५ किलो चरेससहित ६ जना, २१ किलो ८ सय १७ मिलिग्राम अफिमसहित १४ जना, ४ सय ६८ ग्राम ५ सय ८९ मिलिग्राम ब्राउन सुगरसहित ४६ जना, २ किलो ७ सय ३२ मिलिग्राम गाँजासहित ५ जना र ३ हजार २३ ट्याब्लेट नाईट्रोभेट सहित ५ जना पक्राउ परेका छन्।

उक्त लागुऔषध बरामद र पक्राउ परेका व्यक्ति विरुद्ध ३९ वटा मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उक्त ब्राउन सुगर र अफिम मुद्दामा अझै १२ जना व्यक्ति फरार रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell