PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

भारतमा कोरोना संक्रमणका कारण ३९९८ जनाको मृत्यु



भारतमा कोरोना संक्रमणका कारण ३९९८ जनाको मृत्यु
Photo : AP NEWS

भारतमा कोरोना भाइरस संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु भएको छ। राज्यहरुले मृतकको संख्या थपेपछि मृतकको संख्या एकैदिन करिब ४ हजार पुगेको हो। भारतमा हालसम्म संक्रमणका कारण ४ लाख १८ ४८० जनाको मृत्यु भइसकेको छ।

यस्तै, थप ४२ हजार १५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलबार करिब ३० हजार संक्रमित पहिचान भएकोमा बुधवार संक्रमितको संख्या १२ हजारले बढेको हो।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३६ हजार ९७७ जना कोभिड १९ संक्रमण मुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell