PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

चीनमा बाढी : १२ जनाको मृत्यु, १ लाखभन्दा बढीलाई गरियो स्थानान्तरण



चीनमा बाढी : १२ जनाको मृत्यु, १ लाखभन्दा बढीलाई गरियो स्थानान्तरण
cnsphoto via Reuters

चीनको हेनान प्रान्तमा आएको बाढीका कारण १ लाख भन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ। बाढीका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ।

बाढीका कारण सडक जलमग्न भएको छ भने बस्ती डुबानमा परेको छ। साथै रेल स्टेशनहरु समेत जलमग्न हुँदा यातायात सेवा प्रभावित भएको छ। हवाई उडान समेत हाललाई रद्द गरिएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीको अवस्था निकै गम्भीर रहेको बताएका छन्। उनले उद्धार र राहतमा खट्न निर्देशन समेत दिएका छन्।

स्थानीय अधिकारिहरुले १०० वर्षमा एकपटक यसरी विनाश गर्ने गरि बाढी जाने गरेको बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell