PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल आइडलको चौथो सिजनलाई मिल्यो 'ग्रिन सिग्नल', निर्णायक भने फेरिने



नेपाल आइडलको चौथो सिजनलाई मिल्यो 'ग्रिन सिग्नल', निर्णायक भने फेरिने

काठमाडौं : गायन रियालिटी शो 'नेपाल आइडल' को नयाँ सिजन सुरु हुने भएको छ। नेपाल आइडलको चौथो सिजन चाँडै सुरु गरिने 'नेपाल आइडल' का निर्देशक सुरेश पौडेलले जानकारी दिए।

'फेन्चाइजबाट चौथो सिजनका लागि हामीले अनुमति पाइसकेका छौँ। छिट्टै शो को सुटिङ सुरु गर्नेछौँ। सन् २०२१ भित्र नै शो सुरु हुनेछ' पौडेलले भने।

चौथो सिजनमा निर्णायकहरु फेरि सबै नयाँ देखिनेछन्।

पौडेलले भने 'यसअघिका शोमा देखिएका निर्णायकहरुसँग गरेको सम्झौता सकिएको छ। साथै उहाँहरु पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ। जसकारण हामीले नयाँ जजहरु राख्ने निर्णय गरेका हौँ। तर निर्णायक को हुन्छ भन्ने कुरा फाइनल हुन सकेको छैन। '

यसअघिका तीनै सिजनमा न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकको रुपमा रहेका थिए। उनीहरु सबैजना नयाँ शो को निर्णायकको रुपमा अनुबन्धित भएका कारण पनि नयाँ निर्णायकको खोजी सुरु भएको हो।

कोरोना महामारीले 'नेपाल आइडल' को चौथो सिजन आउन ढिलाई भएको पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell