PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कलाकार उत्तम नेपालीको निधन



कलाकार उत्तम नेपालीको निधन

काठमाडौं: कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को निधन भएको छ। ८४ वर्षको उमेरमा आज उपचारका क्रममा उनको निधन भएको हो।

मुटुको समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो। मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो।

कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन्। उनी नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत थिए।

उनी गीतकार, कवि र अभिनय कलाकारका रूपमा समेत चिनिन्छन्। उनको ‘विना शीर्षकको’ नामक कवितासंग्रह प्रकाशित छ। यसैगरी ‘आमा’ र ‘हिजो आज भोलि’ फिल्ममा समेत अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell