काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन छलफल थालेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटीका नेताहरुलाई बोलाएर प्रचण्डले छलफल थालेका हुन्।
माओवादी केन्द्रबाट नेताहरु जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बने पनि अरु नेताहरु बारे टुंगो लागेको छैन्।
पार्टी कार्यालयका सचिव श्रीराम ढकालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो र पार्टी संगठनबारे छलफलका लागि स्थायी कमिटीको बैठक बोलाएको बताए।
प्रचण्डले सत्तारुढ गठबन्धनको मर्म अनुसार सरकार संचालनका लागि उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव यसअघिको पार्टीको स्थायी कमिटी बैठकमा गरेका थिए। यस्तै, प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबिचको मंगलवारको भेटमा साझा कार्यक्रमका साथ अघि बढने सहमति भएको थियो।