PahiloPost

Aug 1, 2021 | १७ साउन २०७८

रक्सौलबाट ५ किलो चाँदीका गहना तस्करी गर्ने एक जना पक्राउ



रक्सौलबाट ५ किलो चाँदीका गहना तस्करी गर्ने एक जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले चाँदीको गहना तस्करी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा घर भई हाला चितवनको खैरहनी नगरपालिका २ बस्ने वर्ष ४३ का अंगद साह रहेका छन्।

उनलाई भन्छार छली गरी ठूलो परिमाणमा चाँँदीको गहना वीरगंज भित्र्याएको अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। पूर्व सूचनाको अधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले बुधवार बिहान साढे ८ बजे वीरगंज-१६ स्थित शंकराचार्य गेट भएर वीरगंज भित्रिदै गरेको अवस्थामा उनको खानतलासी गर्दा उनले बोकेको झोलाबाट चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहनाहरू ५ केजी ३३४ ग्राम फेला परेको थियो।

उनलाई उक्त चाँदीसहित नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। उनलाई थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell