काठमाडौं : नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले प्रतिपक्षमा पार्टीको भूमिका कस्तो हुने भन्ने बारेमा निर्णय गरेको छ।
च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सुनाउदै प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुले सरकारले गरेका कामको निरन्तर खबरदारी गर्ने निर्णय भएको बताए।
ओलीले बैठकमा अन्तिमसम्म एकताका लागि पहल गर्ने बताएको ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘पार्टीलाई निरास हुन नदिन छिटै कमब्याक गर्ने र पुरानै ठाँउमा फर्कन्छौँ। फेरि बहुमत सहितको सरकारमा आउँछौँ।’
बैठकमा ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा समेत गरिएको उनले बताए।
बैठक भोलि फेरि ३ बजे बस्ने उनले जानकारी दिए।