PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

माधव नेपाल र भीम रावलबीच के-के भयो कुराकानी?



माधव नेपाल र भीम रावलबीच के-के भयो कुराकानी?

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलबीच आज भेट भएको छ। रावललाई भेट्न नेता नेपाल टोखा पुगेका थिए।

भेटमा रावलले सांसद् पदबाट दिएको राजीनामाका बारेमा कुराकानी भएको थियो। सो क्रममा नेपालले अझैपनि केही नबिग्रिएको भन्दै राजीनामाको बारेमा पुनर्विचार गर्न आग्रह गरेका थिए। नेताद्वयबीच पार्टीभित्र रहेका समस्याबारे पनि छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत थिए। राजीनामा दिएसँगै उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको बताएका थिए।

नेपाल पक्षको बैठकहरुमा रावल अनुपस्थित हुन थालेपछि उनलाई भेट्न नेपाल रावल निवास पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell