
काठमाडौं : बुधवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै गठबन्धन यात्राको सहयोगी दल जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईमाथि टिप्पणी गरे। टिप्पणी सामान्य थिएन, पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईको तर्कलाई पौडेलले उरन्ठ्याउलो बुद्धि भन्न भ्याए।
ट्वीटमा पौडेलले नेपाली सामाजि आस्थामाथि बाबुरामले गम्भीर आघात पुर्याउने कामसमेत गरेको दाबी गरेका छन्। उनले यस्तो उरन्ठ्याउलो बुद्धिले नेपाली समाज कही नपुग्ने तर्क गरेका छन्।
'हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन,' पौडेलले ट्वीटमा भनेका छन्।
हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्था माथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्याउदैन।
— Ram Chandra Paudel (@NcPaudel) July 21, 2021
के भनेका थिए बाबुरामले?
बकर इदको दिन बाबुरामले एक फोटो ट्वीट गरे जसमा योगी आदित्यनाथले नदीमा दुध अर्पण गरिरहेका छन्। क्यापसनमा भने दुध फाल्ने र गहुत खाने विश्वास डरलाग्दो हो भनी लेखिएको छ। यही क्याप्सनसहितकको फोटो आफ्नो भारतीय समकक्षीबाट सर्कुलेट भएको उल्लेख गर्दै बाबुरामले ट्वीट गरेका हुन्।
( Circulated by my classmates in India) pic.twitter.com/cJLDuANLDd
— Baburam Bhattarai (@brb1954) July 21, 2021
उनको ट्वीटमाथि विभिन्न टीकाटिपप्पणी थपिएका छन्।
भारतीय जनता पार्टीका नेता डा विजय चौथाइवालेले इदको दिन हिन्दु संस्कृतिमाथि अपमानजनक ट्वीट गरेको धारणा टिप्पणी गरेका छन्। यसलाई बाबुरामलेसमेत रिट्वीट् गरेका छन्। बाबुरामको ट्वीट्माथि आक्रामक प्रतिक्रिया बढ्दो छ भने पौडेललाई भने धेरैले समर्थनसहितको टिप्पणी गर्न थालिएको छ।