काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेस संरचनात्मक संकटमा पर्नुको कारण नेताहरुको सानो सोच र स्वार्थ भएको बताएका छन्। बिहीवार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले बीपी कोइराला स्मृति दिवस मनाइरहँदा मुखले गुणगान गाए पनि काममा आफ्नो सानो सोच रहेको टिप्पणी गरेका हुन्।
बीपी कोइराला र पुष्पलाललाई आधुनिक नेपाली इतिहासको अग्रणी व्यक्ति भएको उल्लेख गर्दै कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुलाई स्वार्थमा लागेको कटुसत्य नभुल्नसमेत बाबुरामको आग्रह छ।
'आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्व बिपी र पीएलको स्मृतिदिवस (क्रमश: साउन ६ र ७ गते)मनाइरहॅदा मुखले वहाँहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत: नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं!' उनले भनेका छन्।
आधुनिक नेपाली इतिहासका दुइ अग्रणी व्यक्तित्व बिपी र पीएलको स्मृतिदिवस (क्रमश: साउन ६ र ७ गते)मनाइरहॅदा मुखले वहाॅहरूको गुणगान गर्ने तर काम आफ्नै सानो सोच र स्वार्थ अनुरूप गर्ने प्रवृत्तिले समग्र नेपाली राजनीति र विशेषत: नेका र नेकपालाई संरचनात्मक संकटमा धकेलेको कटुसत्य नबिर्सौं!
— Baburam Bhattarai (@brb1954) July 22, 2021