PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

लामो दुरीका सार्वजनिक बस सञ्चालनमा सहजीकरण गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र



लामो दुरीका सार्वजनिक बस सञ्चालनमा सहजीकरण गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र

काठमाडौं : गृह मन्त्रालयले लामो दुरीका सार्वजनिक सवारी साधन संचालनका लागि सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

मंगलवार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई मध्यम र लामो दुरीको सार्वाजनिक सवारी साधन संचालन गर्न आवश्यक सहजीकरण गर्न भनिएको हो। देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा निषेधाज्ञा गरिएको थियो। जसको कारण लामो तथा मध्य दुरीका सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्।

पछिल्लो केही साता निषेधाज्ञा खुकुलो बनाइएको छ। रोकिएका विभिन्न तहका परीक्षाहरु समेत संचालन भइरहेका छन्। त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगले लिने परीक्षा संचालन मिति सार्वजनिक भएकाले देशका विभिन्न क्षेत्रबाट आउने परीक्षार्थीलाई ध्यानमा राखेर सुरक्षा मापदण्ड पुरा गरेर लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधान संचालनमा सहजीकरण गर्न गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ।

काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा अहिले सबै सवारी साधनलाई चल्न दिएको छ।

'हामीले मंगलवार नै पत्र पठाएका हौं। अब सबै लामो दुरीका सार्वजनिक यातायात मापदण्ड पुरा गरेर चल्छन्,' गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्याले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell