PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जासुसी सफ्टवेयर 'पेगासस' को प्रयोगबारे अनुसन्धान गर्न इजरायलले गठन गर्‍यो मन्त्रीहरुको समूह



जासुसी सफ्टवेयर 'पेगासस' को प्रयोगबारे अनुसन्धान गर्न इजरायलले गठन गर्‍यो मन्त्रीहरुको समूह
Photo : beebom.com

इजलायसले पेगासस स्पाइवेयरको दुरुपयोग भएको विषयमा अनुसन्धान गर्न मन्त्रीहरुको एक समूह गठन गरेको छ। गठित समूहको नेतृत्व गरिरहेका राष्ट्रिय सुरक्षा परिषदका प्रमुख सिधै प्रधानमन्त्री नेफ्टाली बेनेट प्रति उत्तरदायी हुनेछन्।

इजयाली कम्पनीले निर्माण गरेको जासुसी सफ्टवेयर 'पेगासस' को सहयोगले फोन ह्याक गरि सूचनाहरु लिइएको खबर केही दिन अघिमात्रै प्रकाशित भएको थियो। विभिन्न राष्ट्रका राष्ट्र प्रमुखदेखि मन्त्री, राजदूत, पत्रकार, सामाजिक अभियन्ता, व्यवसायीहरुको फोन ट्यापिङ गरि सूचनाहरु निकालिएको घटना सार्वजनिक भएपछि सफ्टवेयर क्मपनीमाथि प्रश्न उठेको थियो।

भारतमा समेत यही सफ्टवेयरको प्रयोगबाट भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यसहित सयौं व्यक्तिको फोन ट्यापिङ गरेर सूचना निकालेको सार्वजनिक भएको थियो।

पेगासस सफ्टवेयर प्रयोग भइरहेको देशमा सफ्टवेयरको गलत प्रयोग भइरहेको रिपोर्ट आएपछि इजरालयले मन्त्रीहरुको समूह नै बनाएर अनुसन्धान सुरु गरेको हो।

इजरायली कम्पनी एनएसओ ग्रुपले विभिन्न राष्ट्रहका सरकारलाई पेगासस स्पाइवेयर विक्री गर्दै आएको छ। सरकारी निकायदेखि सेनाले समेत यो सफ्टवेयर प्रयोग गर्दै आएको छ।

केहीदिन अघि मात्रै कम्पनीको 'क्लाइन्ट' मध्यबाट करिब ५० हजार नम्बरको 'डाटा लिक' भएको थियो। जसमा ३०० भन्दा बढी नम्बर भारतीय थियो। भारतका साथै फ्रान्स, मेक्सिको, मोरक्को र इराकमा पनि यो स्पाइवेयरको प्रयोग भएको सार्वजनिक भइसकेको छ।

हाल मन्त्रीहरुको समूहले पेगाससको प्रयोगमा कसरी गल्ती भयो, त्यसको उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान गर्ने बताइएको छ। अहिले नै यो सफ्टवेयरको प्रयोगमा रोक लगाउने सम्भावना भने निकै कम रहेको छ।

इजरायली सरकारले अनुसन्धान गर्ने भएपछि पेगासस निर्माण कम्‍पनीले आफूहरुले अनुसन्धानको स्वागत गर्ने र आफ्नो गतिविधिमा कुनै गडबड नभएको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell