PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनको अनिश्चितकालिन तालाबन्दी, विद्यार्थीको माग बेवास्ता गरेको गुनासो



मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनको अनिश्चितकालिन तालाबन्दी, विद्यार्थीको माग बेवास्ता गरेको गुनासो

सुर्खेत : संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा अनिश्चितकालिन तालाबन्दी गरेका छन्। विश्वविद्यालयले विद्यार्थीको हकहितका लागि स्वयं विद्यार्थीले राखेको माग सम्बोधन गर्नतर्फ बेवास्ता गरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन्।

विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय, उपकूलपति तथा रजिष्ट्रार र सम्पूर्ण डिन कार्यालयहरु, परीक्षा नियन्त्रण कार्यालय, मानविकी, शिक्षा शास्त्र, ल क्याम्पस, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ सहित केन्द्रीय क्याम्पसहरुमा अनिशिचत तालाबन्दी गरेको आन्दोलनरत विद्यार्थी ममता अधिकारीको भनाइ छ।

विद्यार्थीहरुले यही साउन ३ गते विभिन्न १८ बुँदे माग तथा ध्यानाकर्षण पत्र विश्वविद्यालय प्रशासनलाई थमाएका थिए। उक्त माग तथा ध्यानाकर्षण पत्रप्रति विश्वविद्यालय पदाधिकारी गैरजिम्मेवार भएको र समाधानका लागि कुनै पहल नगरेको भन्दै विद्यार्थीले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको विद्यार्थीको भनाइ छ।

विद्यार्थीले जायज मागका लागि पनि छलफल र वार्ता गर्ने वातावरण सिर्जना नगरे थप कडा संघर्षमा उत्रने चेतावनी दिएका छन् भने सिर्जित घटनाको जिम्मा विश्वविद्यालय पदाधिकारीले लिनुपर्ने उनीहरुको भनाइ छ।

बेलाबखत आन्दोलन र तालाबन्दी भइरहने विश्वविद्यालयमा एक साताअघिदेखि फेरि विद्यार्थीको प्रदर्शन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell