PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

उत्तर कोरियाली राजदूतले भक्तपुर पुगेर चाखे जुजु धौ



उत्तर कोरियाली राजदूतले भक्तपुर पुगेर चाखे जुजु धौ
तस्विर : भक्तपुर नगरपालिका

काठमाडौं : नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मानले बिहीवार भक्तपुर नगरपालिका पुगेर जुजु धौ बनाउने प्रक्रियाबारे जानकारी लिएका छन्।

नगरपालिका भ्रमणमा पुगेका मान र नगर प्रमुख सुनिल प्रजापतिबिच नगरपालिकामा भएको भेटपछि दक्षिण कोरियाली टोली जुजु धौ बनाउने स्थान भ्रमणमा निस्किएको थियो।

भ्रमणका क्रममा राजदूत मानले स्थानीयसँग जुजु धौ बनाउने तरिका बुझेका थिए। उनले जुजु धौकाे स्वाद निकै मिठो रहेको समेत बताए। स्थानीयले राजदूतको टोलीलाई जुजु धौ उपहार समेत दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell