PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

देउवा निवास बुढानिलकण्ठमा शुरु भयो कांग्रेस पदाधिकारी बैठक



देउवा निवास बुढानिलकण्ठमा शुरु भयो कांग्रेस पदाधिकारी बैठक

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केहीबेर अघिबाट बैठक शुरु भएको हो।

यसअघि देउवा प्रधानमन्त्री भएपछि पहिलो पदाधिकारी बैठक बालुवाटारमा राखिएको थियो। प्रधानमन्त्री निवासमा पार्टीको बैठक राखेपछि तीव्र विरोध भएकाले कांग्रेसले बालुवाटारमा बैठक नराख्ने निष्कर्ष निकालेको हो।

आजको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई सहभागी छन्। पार्टीको आसन्न महाधिवेशनलाई बैठकको मुख्य मुद्दा बनाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि हुने भनिएको छ। यद्यपि क्रियाशिल सदस्यको विवाद टुंगो नलाग्दा १२ गतेबाट हुने वडा तहको अधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ।

यस्तो अवस्थामा महाधिवेशनको मिति सार्ने विषयमासमेत पदाधिकारीबीच छलफल हुने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell