PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कांग्रेस क्रियाशील छानबिन समितिले पर्सि देउवालाई प्रतिवेदन बुझाउने



कांग्रेस क्रियाशील छानबिन समितिले पर्सि देउवालाई प्रतिवेदन बुझाउने

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितीले अन्तिम प्रतिवेदन आइतवार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ। साउन ३० गते पार्टी सभापतिलाई प्रतिवेदन बुझाउने गरी गठन भएको समितीले क्रियाशील विवाद बढेपछि थप समय मागेको हो।

नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको आजको बैठकमा लेखकले प्रारम्भिक प्रतिवेदन पेश गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। आज बिहान ९ बजे पार्टीको आसन्न महाधिवशेनबारे छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसेको थियो।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ बाट काठमाडौंमा हुने तय भएको छ। यद्यपि यसका लागि काँग्रेसले कुनै तयारी गरेको छैन। कांग्रेस क्रियाशील छानबिन समितीले क्रियाशील सदस्यताको टुंगो लगाउन सकेको छैन। जिल्लाजिल्लाबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा क्रियाशील वितरणमा धाँधली भएको भन्दै धर्ना जारी रहेको छ।

क्रियाशील छानबिनको टुंगो नलागेसँगै वडा तहको अधिवेशन अनिश्चित बनेको छ। 'क्रियाशील छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। १० गतेसम्म हामी बुझाउन सक्दछौ भनेर भन्नुभयो,' प्रवक्ता शर्माले भने। आजको बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले महाधिवेशनबारे आफ्नो राय पेश गरेका थिए। कांग्रेस पदाधिकारी बैठक भोलि ९ बजे बस्ने गरी स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell