PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कम्युनिष्ट बन्नु अहिले फेसन भयो, जनतालाई खोप चाहिएको बेला नेता भोट माग्दैछन् : चित्रबहादुर केसी



कम्युनिष्ट बन्नु अहिले फेसन भयो, जनतालाई खोप चाहिएको बेला नेता भोट माग्दैछन् : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले नेपाली जनताले कोभिड १९ विरुद्ध खोप मागिरहँदा नेताले भने भोट मागिरहेको बताए। पुष्पलाल स्मृति दिवसको अवसरान आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट बन्नु अहिले फेसन भएको भन्दै कम्युनिस्ट पार्टी र गैर कम्युनिस्टलाई कसरी छुट्याउने भन्दै प्रश्न समेत गरे।

'कम्युनिस्ट पार्टी र गैर कम्युनिस्ट कसरी छुट्याउने ? राजनीतिमा लागेपछि पहिला आफू बन्ने र पछि आफू वरिपरिकालाई बनाउने' उनले भने।

केसीले नेताहरुले जनतालाई मिठा भाषण गरेर हुरुक्क पार्न जानेको पनि बताए। भने, ,'जनतालाई मिठा मिठा भाषण गर्न हामीलाई कसैले सक्दैन। हामीले ३ वर्षमा के गर्यौं? हाम्रो अवस्था त बदलियो हामीलाई विश्वास गर्नेको के भो?'

केपी शर्मा ओली नेतृत्वको सरकारले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको प्रति लक्षित गर्दै केसीले भने, ' नेपाली जनताले मागेको छ खोप तर नेताले माग्छ भोट।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell