PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मोहन वैद्यको नजरमा ओली निरंकुश र तानाशाही, भने : सडक र सरकारमा भएका कम्युनिष्टले तालमेल गरेर क्रान्ति गरौं



मोहन वैद्यको नजरमा ओली निरंकुश र तानाशाही, भने : सडक र सरकारमा भएका कम्युनिष्टले तालमेल गरेर क्रान्ति गरौं

काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहान वैद्य 'किरण' ले नेताहरुले अहिले ठूलो परिवर्तन भएको व्याख्या गरेपनि त्यो आंशिक मात्रै भएको बताएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरान आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले शासन व्यवस्थामा परिवर्तन भएपनि राज्यव्यवस्था यथावत् रहेको बताएका हुन्।

भने,'धेरै ठुलो परिवर्तन भन्नु भएको छ साथीहरुले। यो आंशिक परिवर्तन हो। अहिलेसम्मका कम्युनिष्ट आन्दोलन संसदीय व्यवस्था ल्याउन हो। शासन व्यवस्थामा परिवर्तन भएको छ राज्य व्यवस्थामा भएको छैन।'

उनले नेपालको कम्युनिष्ट आन्दोलमा हाल तीन धार देखिएको बताए। संसदवादी, क्रान्तिकारी र संसोधनवादी धार।

'डबल नेकपाको धार संसोधनवादी धार हो। अहिलकोलाई संसोधन गरेर सच्यार जाने क्रान्तिकारी धार हो यो कमजोर धार हो। संसदीय बाटोबाट जाने की जनवादी बाटोबाट जाने हो?' उनले प्रश्न गरे।

वैद्यले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकीकरण दुई व्यक्तिबिचको अहमका साथै पार्टीको विचार फरक भएकोले सफल हुन नसकेको बताए।

'डबल नेकपाको फरक के हो? उहाँहरुको फरक सिद्दान्तमा कहिँ न कहिँ थियो। ओलीमा तानाशाही प्रविति रहेछ। ओलीले सुखी नेपाली समृद्ध नेपाल भने तर उनी काम नगर्ने स्वेच्छाचारी रहेछन्। निरंकुश रहेछन्' उनले भने।

वैद्यले सरकार र सडकमा रहेका कम्युनिष्टलाई एक भएर क्रान्ति गर्न आह्वान समेत गरे।

'मेरो प्रस्ताव छ, सरकार र संसदमा रहेका कम्युनिष्ट र सत्तामा भएकाले सहकार्य गरौं' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell