PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

शिल्पा शेट्टीको बयान : कुन्द्रा निर्दोष छन्, हामीलाई फसाउन खोजियो



शिल्पा शेट्टीको बयान : कुन्द्रा निर्दोष छन्, हामीलाई फसाउन खोजियो
Photo : Deccan Herald

बलिउड अभिनेत्री शिल्पा शेट्टीले श्रीमान राज कुन्द्रा निर्दोष रहेको बताएकी छिन्। अश्लिल फिल्म बनाएर 'हटसट एप' बाट प्रदर्शन गरेको आरोपमा पक्राउ परेका कुन्द्रालाई एपको बारेमा थाहै नभएको दाबी शिल्पाले गरेकी हुन्।

मुम्बई प्रहरीको प्रपर्टी सेलको टिमले कुन्द्राबारे शिल्पासँग करिब ६ घण्‍टा सवालजवाफ गरेको थियो। त्यसक्रममा शिल्पाले कुन्द्रालाई एप कसरी संचालन हुन्छ भन्ने बारेमा थाहा नभएको बताएकी हुन्। उनले आफ्नो श्रीमानको कम्पनीले वेभ सिरिज र शर्ट फिल्म बनाउँछ भन्ने बारेमा आफूलाई थाहा नभएको भन्दै कुन्द्राले गत वर्ष नै 'वियान' कम्पनी छोडेको समेत बताइन्।  

शिल्पाले प्रहरीको अनुसन्धानका क्रममा कुन्द्रा निर्दोष रहेको बताउँदै 'बिजनेस पार्टनर' प्रदीप बक्षीले आफ्नो श्रीमानको नाम दुरुपयोग गरेको समेत बताइन्। उनले आफूहरुलाई फसाउने प्रयास भएको समेत बताएकी छिन्।

प्रहरीले शिल्पा शेट्टीको फोनको 'क्लोनिङ' गर्ने तयारी गरेको छ। साथै, शिल्पाको घरबाट हार्ड डिस्क, ल्यापटप, आइप्याड र केही दस्तावेज समेत प्रहरीले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell