PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सतिश श्रेष्ठलाई रिहा गर्न नेविसंघको माग, सानोठिमी क्याम्पस प्रवेश गर्न खोज्दा भएको थियो विवाद



सतिश श्रेष्ठलाई रिहा गर्न नेविसंघको माग, सानोठिमी क्याम्पस प्रवेश गर्न खोज्दा भएको थियो विवाद

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सानोठिमी क्याम्पस इकाईका पूर्व अध्यक्ष सतिश श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। क्याम्पस हाता भित्र प्रवेश गर्ने क्रममा भएको विवादको विषयलाई क्याम्पस प्रशासनले प्रहरी लगाइ श्रेष्ठलाई पक्राउ गराएको भन्दै नेविसंघले विरोध जनाएको हो।

नेविसंघका अध्यक्ष राजीव ढंगानाले एक विज्ञप्ति जारी गर्दै आफ्नो क्याम्पस हाता भित्र प्रवेश गर्ने विद्यार्थीको नैसर्गिक अधिकार लाई कुन्ठित गराउने र सामान्य विषयलाई संवाद र छलफल बाट निराकरण गर्नुको सट्टा क्याम्पस परिसर भित्र प्रहरी प्रवेश गराइ मुडभेठ गराउन सानोठिमी क्याम्पस प्रशासनको नियत देखिएको आरोप लगाएका छन्।

ढुंगानाले हिरासतमा राखिएका श्रेष्ठलाई तत्काल रिहाई गर्न माग समेत गरेका छन्। श्रेष्ठलाई रिहा नगरे नेविसंघ कडा आन्दोलनमा उत्रने चेतावनी उनले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell