PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अमेरिकामा 'डेल्टा भेरियन्ट'ले बढायो संक्रमण, फाउसीले भने : अमेरिका गलत दिशामा हिँडिरहेको छ



अमेरिकामा 'डेल्टा भेरियन्ट'ले बढायो संक्रमण, फाउसीले भने : अमेरिका गलत दिशामा हिँडिरहेको छ
Photo : Reuters

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउसीले कोभिड १९ विरुद्ध खोप नलगाएका व्यक्तिहरुमा संक्रमण बढिरहेको बताएका छन्। उनले अमेरिका कोभिड १९ महामारी नियन्त्रण गर्ने विषयमा 'गलत दिशामा हिँडिरहेको' समेत बताएका छन्।

कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण निकै बढेको र खोप नलगाएका क्षेत्रमा त्यसको प्रभाव बढी देखेको उनले यसले गम्भीर संकट उत्पन्न हुन सक्ने बताएका छन्। फाउसीले खोप नलगाएकाहरुबिच कोभिड १९ फेरि 'महामारी' बनेको प्रतिक्रिया दिएका छन्।

अमेरिकामा हालसम्म कूल जनंख्याको ४९ प्रतिशतले मात्रै कोभिड १९ विरुद्ध खोपको पूर्ण डोज लगाएका छन्। गत अप्रिलदेखि भने खोप लगाउने क्रम घटेको छ। अमेरिकाको पूर्वी क्षेत्रमा भ्याक्सिन लगाउनेको दर कम रहेको छ। फ्लोरिडा, टेक्सस र मिसौरीमा संक्रमितको संख्या बढ्दै गएको छ।

मे र जुन महिनामा दैनिक संक्रमितको दर घटेपनि हाल फेरि दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। निकै संक्रामक मानिएको डेल्टा भेरियन्टकै कारण अमेरिकामा कोभिड १९ संक्रमण बढेको अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell