काठमाडौं : पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी इभरेष्ट प्रिमिर लिग (इपिएल) खेल्ने नेपाल आउने भएका छन्। काठमाडौं किंग्स ११ बाट उनले इपीएलमा खेल्नेछन्।
अलराउन्डर अफ्रिदीलाई काठमाडौं किंग्स ११ ले 'आइकनिक प्लेअर'का रुपमा आफ्नो टोलीमा भित्राएको हो।
अफ्रिदीले एकदिवसीय, टेस्ट र टी ट्वान्टी क्रिकेट गरि ११ हजारभन्दा बढी रन बनाएका छन्। यस्तै, तीनवटै फर्म्याटमा गरि उनले करिब ५०० विकेट लिएका छन्।
गत वर्ष कोरोना भाइरसको संक्रमणका कारण रोकिएको प्रतियोगिता आगामी असोजमा हुने तय भएको छ।