PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाले रोकिएको 'मुन्द्रेको कमेडी क्लब' आजदेखि प्रसारणमा आउने



कोरोनाले रोकिएको 'मुन्द्रेको कमेडी क्लब' आजदेखि प्रसारणमा आउने

काठमाडौं : 'मुन्द्रेको कमेडी क्लब' आजबाट फेरि प्रसारणमा आउने भएको छ। कोरोना भाइरसको दोस्रो लहरबिच रोकिएको कार्यक्रम फेरि सुरु हुन लागेको हो।

आजदेखि 'मुन्द्रेको कमेडी क्लब' का नयाँ एपिसोडहरु प्रसारण हुने कार्यक्रमका निर्देशक तथा कलाकार जितु नेपालले जानकारी दिए।

'केही दिन अघि नै शो को छायाँकन गर्न सुरु गरिसकेका छौँ। आजबाट शो को नयाँ एपिसोडहरु प्रसारण हुनेछन्। अब कोरोनाले दु: ख नदिएसम्म शो नियमित प्रसारण हुनेछ' नेपालले सुनाए।

निषेधाज्ञाबिच तीन महिना शो को छायाँकन रोकिएको थियो। जसकारण ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरु प्रशारण हुँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell