PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

किरण बिकले वेब सिरिज बनाउँदै, पहिलो एपिसोडको नाम ‘रगतको बासना’



किरण बिकले वेब सिरिज बनाउँदै, पहिलो एपिसोडको नाम ‘रगतको बासना’

काठमाडौं : फिल्म ‘भाँडाकुटी’ बनाउने घोषणा गरेका निर्देशन किरण बिकले वेब सिरिज बनाउने भएका छन्। उनले वेब सिरिज ‘रगतका कथाहरु’ निर्माण गर्ने भएका हुन्।

‘रगतका कथाहरु’ वेब सिरिज डिसहोम र दृष्यालय सिनेमा प्रालिको संयुक्त प्रयासमा बन्न लागेको हो। वेब सिरिज ‘रगतका कथाहरु’मा १० एपिसोडहरु हुने निर्देशक बिकले फेसबुकमार्फत जानकारी दिएका छन्।

वेब सिरिजको पहिलो एपिसोड ‘रगतको बासना’ छिट्टै छायाँकन गरिने छ भने बाँकी नौ एपिसोडहरु कात्तिकमा छायाँकन गरिने बिकले उल्लेख गरेका छन्।

असोजमा ‘भाँडाकुटी’ निर्माण हुने भएकोले फिल्ममेकर किरण बिकले दुई सेड्युलमा वेब सिरिज पूरा गर्ने योजना रहेको बताए।

सिरिजका लागि डिसहोमका प्रोडक्सन हेड रजत थापासँग ‘रगतको कथाहरु’ वेब सिरिजका लागि आइतबार सम्झौता भइसकेको समेत उनले जानकारी दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell