PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

वीरगंजबाट कटुवा पेस्तोलसहित तीन जना पक्राउ



वीरगंजबाट कटुवा पेस्तोलसहित तीन जना पक्राउ

वीरगंज : पर्सा प्रहरीले अवैध कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। आइतवार साँझ वीरगंज-१५ प्रतिमा चौकको एक होटलमा नास्ता खाइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई हिरासतमा लिइएको हो।

वडा प्रहरी कार्यालय विर्ताको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा वीरगंज-२५ श्रीसियाका २२ वर्षीय अनिल पटेल, २० वर्षीय रक्की पटेल र पोखरिया नगरपालिका-२ का २० वर्षीय विक्रान्त पटेल रहेका छन्।

उनीहरुले चढ्ने एक थान अनटेष्ट मोटरसाइकल र प्रदेश-२-०१३ प २०९७ नम्बरको अर्को मोटरसाइकल बरामद गरिएको छ। तीनै जनाविरुद्ध हातहतियार तथा खरखाजाना मुद्दामा अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell