PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार पुग्यो, साढे ४ सय सक्रिय केस



प्रदेश २ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार पुग्यो, साढे ४ सय सक्रिय केस

वीरगंज : प्रदेश २ मा कोरोना संक्रमणका कारण हालसम्म एक हजार जनाको मृत्यु भएको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पर्सामा १३०, बारामा १७६, रौतहटमा १२६, सर्लाहीमा ९३, महोत्तरीमा ९१, धनुषामा १३०, सिरहामा १०४, सप्तरीमा १४९ र एक जना भारतीयको गरी एक हजार जनाको मृत्यु भएको छ।

निर्देशनालयले मृत्युको अपडेट केही जिल्लामा ढिलो हुने गरेकोले यो भन्दा पनि बढी हुने सक्ने बताएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अनुसार पर्सामा घर भई पर्सामा मृत्यु हुने पहिलो चरणमा ५५ र दोस्रो चरणमा १४० गरी कुल १९५ जनाको मृत्यु भएको छ।

त्यसैगरी, बाहिरी जिल्ला घर भई पर्सामा प्रथम चरणमा ३१ र दोस्रो चरणमा २०२ जनाको मृत्यु भएको देखाइएको छ।

त्यस्तै, स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश २ को आठ जिल्लामा हाल ४५२ जना कोरोना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये २७ जना अस्पतालको आइसोलेसन वार्डमा र ४२५ जना होम आइसोलेसनमा रहेको जनाइएको छ।

प्रदेशमा हालसम्म ३७ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell