PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणिलाई भोट गर्न पूर्व मन्त्री योगेश भट्टराईको आग्रह



‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणिलाई भोट गर्न पूर्व मन्त्री योगेश भट्टराईको आग्रह

काठमाडौं : ‘कमेडी च्याम्पियन २’का प्रतिस्पर्धी भरतमणि पौडेललाई जिताउन ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईले भोट गर्न आग्रह गरेका छन्।

ताप्लेजुङ गृह जिल्ला भएका भरतमणिलाई कमेडी च्याम्पियन बनाउन उनले सबैलाई फेसबुकमार्फत भोट गर्न अपिल गरेका हुन्।

‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ का प्रतिस्पर्धीहरु सबै अब्बल छन्। त्यसमध्ये पनि भरतमणि पौडेल मलाई हास्यव्यङ्ग्य क्षेत्रको उदाउँदो मणि जस्तो लाग्छ। कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछायाँमा हाम्रै गाउँ घरमा हुर्केका यी ताप्लेजुङे ठिटो हाम्रो त प्रिय छँदैछन्, त्योभन्दा पनि बढी प्रतिभाशाली छन्,’ उनले लेखेका छन्।

 

साथै, कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने भरतमणिको दौडमा भोट गरेर सहयोग गरिदिन सम्पूर्ण नेपालीहरुलाई उनले आग्रह समेत गरेका छन्।

केही दिन अगाडि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो। जसमा १ लाख रुपैयाँ योगेश आफैंले दिएका थिए।

ताप्लेजुङका भरतमणि अहिले (कमेडी च्याम्पियन २) को टप ६ मा छनोट भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell