PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हेटौँडामा फुटबल प्रेमीहरुको विरोध प्रदर्शन



हेटौँडामा फुटबल प्रेमीहरुको विरोध प्रदर्शन

हेटौँडा : मकवानपुरका फुटबल क्लबहरुले हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका छन्।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजीनामा दिएको भन्दै मानसिक दबाब मुक्तको लागि सामूहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरु जनाएको छ। प्रदर्शनमा क्लबका खेलाडीहरु, खेल प्रेमीहरुको सहभागिता रहेको थियो।

यसअघि आजै क्लबहरुले जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा समक्ष संयुक्त ज्ञापन पत्र बुझाएका थिए। आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुवेती नागरिक अल्मुताइरीले आफूले राजीनामा दिने घोषणा गरेका थिए।

‘प्रिय नेपाली फुटबल समर्थकहरू, आज म एन्फा पुगेर राजीनामा दिँदैछु। मैले राजीनामा दिनुका कारण एन्फा उपाध्यक्ष पंकज नेम्बाङ हुन्। किनभने पछिल्ला तीन सातादेखि उनले मसँग ड्रामा गरिरहेका छन्,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell