काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा दीपक श्रेष्ठले उम्मेद्वारी दिएका छन्। १० बुँदे घोषणा पत्र सार्वजनिक गर्दै श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन्।
एनआरएनए युकेका पूर्व कोषाध्यक्ष र कार्यकारी सदस्य भएर काम गरिरहेका श्रेष्ठले संघमा पारदर्शिता स्थापना गर्नु आफ्नो प्रमुख प्रतिबद्धता रहेको बताएका छन्। उनले स्मार्ट एनआरएनएको नारालाई साकार पार्न आफूले भूमिका खेल्ने समेत बताएका छन्।
साथै, प्रवासमा बस्ने नेपालीहरुको नेपाली नागरिकता कायम गराउन आफूले सक्दो लबिङ गर्ने समेत बताएका छन्।
श्रेष्ठले गोर्खाको मुद्दामा आफ्नो समर्थन रहने भन्दै ‘कर्मभूमिमा कमाइ, मातृभूमिमा लगानी’ योजना अघि सारेका छन्।