PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

क्राइम ब्रान्चले घरमा छापा मार्दा शिल्पा शेट्टी र राज कुन्द्राबिच बाझाबाझ



क्राइम ब्रान्चले घरमा छापा मार्दा शिल्पा शेट्टी र राज कुन्द्राबिच बाझाबाझ
Photo : Deccan Herald

भारतीय व्यवसायी राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन्। अश्लील फिल्म बनाएर एपमा रिलिज गरेको आरोपमा उनलाई केही दिन अघि पक्राउ गरिएको थियो। त्यसयता कुन्द्रा र उनकी श्रीमती बलिउड अभिनेत्री शिल्पा शेट्टीका बारेमा विभिन्न खबरहरु सार्वजनिक भइरहेका छन्।

जुन २३ मा मुम्बईको क्राइम ब्रान्चले कुन्द्रा र शेट्टीको निवासमा छापा मारेको थियो। प्रहरीले घरको तलासी गर्दा शिल्पा रोएको र श्रीमान् कुन्द्रासँग बाझाबाझ गरेको मिडिया रिपोर्ट सार्वजनिक भएका छन्। शिल्पा र कुन्द्राबिचको विवाद मिलाउन क्राइम ब्रान्चकै टोलीले हस्तक्षेप गर्नु परेको थियो।

उनले घरमा आएका प्रहरीलाई आफुलाई कुन्द्राको यो कामबारे केही थाहा नभएको बताएकी थिइन्। रिसाएकी शिल्पाले कुन्द्रालाई 'यस्तो के काम गरेको?' भन्दै प्रश्न समेत गरेकी थिइन्।  साथै शिल्पाले कुन्द्रालाई उनका कारण परिवारको नामको बेइज्जत भएको भन्दै काम गुमेको र आर्थिक क्षति भोग्नु परेको समेत बताएकी थिइन्।

केही दिनअघि शिल्पासँग प्रहरीले कुन्द्राबारे ६ घण्टा सवालजवाफ समेत गरेको थियो। जसमा शिल्पाले श्रीमान राज कुन्द्रा निर्दोष रहेको समेत बताएकी थिइन्। उनले कुन्द्रालाई एपको बारेमा थाहै नभएको दाबी समेत गरेकी थिइन्। उनले आफूहरुलाई फसाउने प्रयास भएको समेत बताएकी छिन्।

अनुसन्धानका क्रममा शिल्पा शेट्टी र राज कुन्द्राको संयुक्त खाताबाट करोडौंको लेनदेन भएको पत्ता लगाएको भन्दै प्रहरीले फेरि शिल्पासँग सवालजवाफ गर्ने बुझिएको छ। उनीहरुको संयुक्त खातामा 'बोली फेम' र 'हटसट' बाट कमाएको पैसा आएको भन्दै प्रहरीले त्यो पैसा कहाँ लगानी भइरहेको थियो भन्ने बारे अनुसन्धान समेत गरिरहेको छ।

यसैबिच, राज कुन्द्रामाथि ठगीको आरोप समेत लागेको छ। राज कुन्द्राको कम्पनमाथि अहमदाबादका एक व्यापारीले ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी समेत दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell